युक्रेनलाई हराउँदै अष्ट्रिया नकआउट चरणमा

अस्ट्रिया युरोकप फुटबलको नकआट चरणमा प्रवेश गरेको छ। शनिबार राति सोमबार राति रोमानियाको बुकारेस्टमा भएको खेलमा युक्रेनलाई १–०ले हराउँदै अस्ट्रिया पहिलो पटक नकआउट चरण पुगेको हो।

समूह सीमा २ जितसहति ६ अंक जोड्दै अस्ट्रिया दोस्रो हुँदै नकआउट चरण पुगेको हो । यता, पराजित भएको युक्रेनको पनि तेस्रो स्थानको उत्कृष्ट चारभित्र रहँदै नकआउट चरण पुग्ने सम्भावना कायमै छ । तर, त्यसका लागि उसले अन्य समूहका नतिजा कुर्नुपर्ने हुन्छ।

अस्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउमगार्डनरले निर्णायक गोल गरे । उनले पहिलो हाफको २१औं मिनेटमा कप्तान डेविड अलवाको कर्नरमा गोल गरेका थिए ।

खेलमा युक्रेनले बल पोजेसन बनाए पनि अस्ट्रियाले दबाब दिएको थियो । उसले युक्रेनको पोस्टमा १८ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो। यता, युक्रेनले ५ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो ।

नकआउट चरणमा अष्ट्रियाले समूह ‘ए’को विजेता इटालीको सामना गर्नेछ।

Facebook Comments Box