क्लब फुटबलफुटबल

चेल्सीले भित्र्यायो मोनाकोका डिफेन्डर

यो सिजन खेलाडी ट्रान्सफरमा ठूलो रकम खर्चिएको इंग्लिस क्लब चेल्सी अर्का खेलाडी अनुबन्धन गरेको छ। उसले फ्रेन्स क्लब मोनाकोका सेन्ट्रल डिफेन्डर एक्सल डिसासीलाई अनुबन्धन गरेको हो।

फ्रान्सको राष्ट्रिय टिमका सदस्य २५ वर्षीय डिसासीलाई चेल्सीले ४५ मिलियन युरोमा अनुबन्धन गरेको हो। डिसासीले चेल्सीसँग ६ वर्षको सम्झौता गरेका छन्।

फ्रान्सका लागि ४ खेल मात्र खेलेका डिसासीले मोनाकोबाट १२९ खेल खेल्दै १० गोल गरेका छन्। उनी सन् २०२०मा मात्र रेइम्सबाट मोनाको आएका थिए।

डिसासीले कतार विश्वकपअन्तर्गत ट्युनिसियाविरुद्ध खेलमार्फत फ्रेन्च टिममा डेब्यू गरेका थिए। सन् १९६६ पनि उनी विश्वकप मार्फत फ्रेन्च टिममा डेब्यू गर्ने उनी पहिलो खेलाडी हुन्।