बी डिभिजन लिग : चर्च बोइजलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा, सरस्वती रोकियो

Read Time:2 Minute

श्री भगवती क्लब सहिद स्मारक बी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा चर्च बोइज क्बलाई २–१ले हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको १६औं मिनेटमा रुपेश क्षेत्रीले पेनाल्टीमा गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाए। तर, २०औं मिनेटमा राज काङ्दङ्वाले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए। ६० औं मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई जित दिलाए ।

यस जितसँगै श्री भगवती लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले ६ खेलमा १३ अंक जोडेको छ । पहिलो हार बेहोको चर्च बोइज ६ खेलमा ११ अंक जोड्दै तेस्रो स्थानमा छ ।

यसैगरी शनिबार नै भएको अर्को खेलमा सरस्वती युथ क्लब भने बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा उ श्री कुमारी क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

एन्फा कम्प्लेक्समा ४४औं मिनेटमा विपिन मगरको गोलमा श्री कुमारीलाई अग्रता लियो। ८६ औं मिनेटमा सनम धिमालले गोल गर्दै सरस्वतीलाई १–१ गोलको बराबरीमा ल्याए।

यस बराबरीसँगै सरस्वतीले शीर्ष स्थान गुमाएको छ। उ ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ। श्री कुमारीले ६ अंक मात्र जोडेको छ ।

शनिबार नै भएको अर्को खेलमा बाँसबारी क्लब र विरगंज युनाइटेडले बराबरी खेलेका छन् । यी दुई क्लबले एन्फा कम्प्लेक्समा १–१ गोलको बराबरी खेलेका छन्।

खेलको १०औं मिनेटमा कोमल खवासको गोलमा बाँसबारीले सुरुआती अग्रता लियो । तर, खेलको ७३औं मिनेटमा कृपाकान्त महतो थारुले गोल गर्दै विरगंजलाई हारबाट जोगाए।

बराबरीसँगै बाँसबारीले ६ खेलमा ६ अंक जोड्दा विरगंजले ६ खेलमा ७ अंक जोडेको छ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली शीर्ष लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली सी डिभिजनमा झर्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ड्र रोक्न एन्फाले काट्यो एनएसएललाई पत्र
Next post अन्जन विष्ट बने माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर
Close