बी डिभिजन लिग : खुमलटारको जित, सरस्वती र नयाँबस्तीले अंक बाँडे

Read Time:1 Minute

सहिद स्मारक बी डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा खुमलटारले श्री भगवती क्लबलाई ४–२ लले हराएको हरायो।

२१औं मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाए । ३१औं मिनेटमा सन्तोष केसीले गोल गर्दै श्री भगवतीलाई १–१ गोलको बराबरीमा ल्याए ।

५५औं मिनेटमा दिवसले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए । ८३ औं मिनेटमा सुरज बस्नेतले गोल गर्दै खुमलटारलाई ३–१ को अग्रता दिलाए । ८९औं मिनेटमा प्रशन्न श्रेष्ठले गोल गर्दै खुमलटारको अग्रता ४–१ को बनाए । इन्जुरी समयमा श्री भगवतीका राजु गुरुङले गोल गरेपनि खुमलटार ४–२ ले विजयी भयो ।

यसैगरी अर्को खेलमा सरस्वती युथ क्लब र नयाँबस्ती युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुबै टोलीले गोलका केही अवसहरहरु पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्।

यस्तै, टुसाल युथ क्लब र ब्वाइज युनियन क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ४७ औं मिनेटमा आदर्श लिम्बुले गोल गर्दै टुसाललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५६ औं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइजलाई १-१ गोलको बराबरीमा ल्याए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कीर्तिमानी करण भन्छन्– यस्तै कीतिमान बानाउ पाइरहूँ
Next post फिफा वरीयता : नेपाल एक स्थान तल झर्‍यो, ५ वर्षपछि ब्राजिल शीर्ष स्थानमा
Close