अन्तिम खेलमा बाँसबारीका जित, झम्सिखेल रेलिगेसनमा

Read Time:1 Minute

सहिद स्मारक बी डिभिजन लिगको आफ्नो अन्तिम खेलमा बाँसबारी क्लब विजयी भएको छ। एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबमाथि २–१ को जित निकालेको हो ।

जितपछि बाँसबारी १९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ भने झम्सिखेल भने यसअघि नै रेलिगेसनमा परिसकेको छ । उसको ९ अंक मात्र छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा भिष्मराज घिमिरेले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाए। ६१औं मिनेटमा बिकी राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा सुभराज गोलेले गोल फर्काएपनि बाँसबारी २–१ ले विजयी भयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बार्सिलोना रोकियो, वेस्टह्याम र लियोनले खेले बराबरी
Next post मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टिम पराजित
Close