आरसिटी रोकिँदा खुमलटास ए डिभिजनमा, सामाजिक युथ रेलिगेसनमा

Read Time:1 Minute

रानी पोखरी कर्नरटिम (आरसिटी) बी डिभिजन लिगको अन्तिम खेलमा बराबरीमा रोकिएपछि खुमलटार युथ क्लबको भाग्य खुलेको छ। अन्तिम खेलमा आरसिटी बराबरीमा रोकिएको फाइदा उठाउँदै खुमलाटर ए डिभिजनमा बढुवा भएको हो।

आरसिटी र खुमलटारको समान २२ भएपनि गोलअन्तरमा माथि रहँदै खुमलटार ए डिभिजनमा बढुवा भएको हो ।

आरसिटी अन्तिम खेलमा टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिँदा खुमलटारले सामाजिक युथ क्लबलाई २–१ले हरायो ।

सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारले सुरुआती अग्रता लियो । ५७औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटार ए डिभिजनमा बढुवा भयो ।

यता, पराजयसँगै सामिजक युवा भने रेलिगेसनमा परेको छ। अन्तिम चरण अघि नै चर्च ब्वाइज युनाइटेड ए डिभिजनमा बढुवा भएको थियो भने सम्झिखेल युथ क्लब रेलिगेसनमा परेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० वरीयतामा एसिएट्सतर्फ नेपाल नम्बर वान
Next post २०२४ टि–२० विश्वकप : १२ टिम सीधै, ८ टिम छनोटबाट, नेपाललाई विश्वकप खेल्ने मौका
Close