
बी डिभिजन लिग चैत १५ बाट हुने
सहिद स्मारक बी डिभिजन लिग चैत दोस्रो साताबाट सुरु हुने भएको छ। मंगलबार बसेको एन्फा र क्लबहरुबीचको बैठकमा लिग १५ चैतबाट गर्ने समिति भएको हो।
एन्फाले यो पटकबाट क्लबहरुलाइृ दिँदै आएको तयारी खर्च बढाएको छ। एन्फाले क्लबलाई तयारी खर्च स्वरुप १४ लाख ५० हजार दिनेछ।
लिगमा क्लब दर्ताका लागि एन्फाले माघ १९ सम्मको समय तोकेको छ । यस्तै, एन्फाले खेलाडी दर्ताका लागि चैत ७ सम्मको समय क्लबहरुलाई दिएको छ। क्लब कम्तिमा २० खेलाडी दर्ता गर्नुपर्ने छ।