बी डिभिजन लिगः खुमलटार र ब्बाइज युनियन विजयी

शहीद स्मारक बी डिभिजन लिगमा आइतबार भएको खेलमा खुमलटार युथ क्लब र ब्बाइज युनियन युथ क्लब विजयी भएका छन् । आइतबार भएको दोस्रो खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–०ले हरायो भने ब्वाइज युनियन युथ क्लबले नयाँ बस्ती युथ क्लबलाई ३–०ले हरायो।

खुमलटारको जितमा महेश राईले निर्णायक गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको तेस्रो मिनेटमै महेशले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा महेशको गोल ने खुमलटारलाई जित दिलाउन निर्णायक बन्यो ।

मिलन लिम्बुको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन क्लबले शहीद स्मारक बी डिभिजन लिगमा जित हात पारेको छ । आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाइज युनियनले नयाँ बस्तीलाई ३–० ले पराजित गरेको हो।

ब्वाइज युनियनका लागि मिलनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे । २१औं मिनेटमा मिलनले पहिलो गोल गर्दे अग्रता दिलाएका थिए । इन्जुरी टाइममा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दा ब्वाइज युनियनले अग्रता दोब्बर बनायो। ५७औं मिनेटमा मिलनले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने ब्वाइज युनियन ३–० ले सहजै विजयी भयो।

जितपछि ८ खेलबाट १४ अंक जोड्दै ब्वाइज युनियन चौथो स्थानमै यथावत छ । शीर्ष स्थानको सातदोबाटो युथ क्लब भन्दा ब्वाइज युनियन ५ अंकले पछि छ। ८ खेलबाटै ११ अंक रहेको नयाँबस्ती पाँचौ स्थानमा छ । नयाँबस्तीले ४ खेल जित्दे १२ अंक जोडेपनि अघिल्लो संस्करणमा रेलिगेसन नभएको कारण उसको एक अंक घटाइएको छ।

८ खेलबाट १९ अंक जोडेको खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ। सातदोबाटोले एक खेल कम खेलेको छ। समान अंक भएपनि हेड ६ हेडमा खुमलटार पछि पर्दै दोस्रो स्थानमा छ । ८ खेलबाट ६ अंक रहेको झम्सिखेल १०औं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.