बी डिभिजन लिग : सातोबाटो अपराजित, आरसिटीले टुसाललाई हरायो

सहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राख्दा रानीपोखरी कर्नर टिम (आरसिटी)ले टुसाल युथ क्लबलाई हराएको छ। सोमबार भएको पहिलो खेलमा आरसिटीले टुसालमाथि १–०को जित निकाल्यो भने दोस्रो खेलमा सातदोबाटोले श्री भगवती युथ क्लबलाई १–०ले नै हराउँदै पराजित यात्रा कामय राख्यो।

सातदोबाटोको जितमा दोर्जे तामाङले निर्णायक गोल गरे । दोर्जेले २५औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरे । श्री भगवतीका लक्ष्मण जिसीले पेनाल्टी एरिया बल ह्याण्ड गरेपछि सातदोबाटोले पेनाल्टी पाएको हो र त्यमसा दोर्जेले गोल गरेका थिए।

यसैगरी अजित गुरुङको निर्णायक गोल मद्दतमा आरसीटीले टुसाल युथ क्लबलाई १–०ले हरायो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ७३औं मिनेटमा अजितले गोल गर्दै आरसीटीलाई अग्रता दिलाए ।

यस जितपछि सातदोबाटोले अपराजित यात्रालाई ८ खेलसम्म लम्ब्याएको छ । ८ खेलबाट ७ जित र १ बराबरीको नतिजासहित सातदोबाटोले २२ अंक जोडेको छ र दोस्रो स्थानको खुमलटार युथ क्लबमाथि ३ अंकको अग्रता बनाएको छ ।

जितपछि ८ खेलबाट १२ अंक जोड्दै आरसीटी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ । ८ खेलबाट ८ अंक नै रहेको टुसाल सातौं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.