बी डिभिजन लिग : भगवतीले झम्सिखेलाई हरायो, आरसिटी र कुमारी बराबरीमा

सहिद स्मारक बी डिभजिन लिगमा बिहीबार भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ । प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ले हरायो।

११औं मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल गर्दा श्री भगवतीले अग्रता लिएको थियो । ३२औं मिनेटमा झम्सिखेलका मदन स्याङतानले बराबरी गोल फर्काए । ५७औं मिनेटमा नवराज गुरुङले गोल गर्दे श्री भगवतीलाई २–१ को अग्रता दिलाए।

७४औं मिनेटमा झम्सिखेलका अनिस चौधरीले बराबरी गोल गरे खेल २–२ को अवस्थामा पुग्‍यो । त्यसपछि ८४औं मिनेटमा मोहनबहादुर थापा मगरले गोल गर्दै श्री भगवतीलाई ३–२ को जित दिलाए।

बिहीबार नै भएको दोस्रो खेलमा आरसीटी र श्री कुमारीले १–१ को बराबरी खेलेका छन्। । अजित गुरुङले खेलको तेस्रो मिनेटमै गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । तर, २२औं मिनेटमा श्री कुमारीका युवराज राईले बराबरी गोल गरे । त्यसपछि कुनै गोल नहुँदा खेल बराबरीमा सकियो।

जितपछि ९ खेलबाट ९ अंक जोड्दै श्री भगवती आठौं स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंक रहेको झम्सिखेल ११औं स्थानमा छ । आरसीटी ९ खेलबाट १३ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ९ अंक रहेको श्री कुमारी नवौं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.