बी डिभिजन लिग : खुमलटारको पहिलो जित, पुल्चोक ३–१ ले स्तब्ध

सहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लबले पहिलो जित हासिल गरेको छ । बुधबार भएको खेलमा खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई ३–१ पाखा लगाएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबारको पहिलो खेलमा खुमलटारलाई जित दिलाउन निरन श्रेष्ठ, आशिक परियार र सविन केसीले गोल गरेका थिए ।

खेल सुरुआती सातौं मिनेटमै पुल्चोकले अग्रता लियो । उसका टीकाराज गुरुङले गोल गरेका थिए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको २८ औं मिनेटमा खुमलटारका निरनले गोल गर्दै खेललाई बारबरीमा ल्याए ।

दोस्रो हाफको ५४औं मिनेटमा आशिक परियारले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए । सविन केसीले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेपछि खेल खुमलटारले ३–१ ले जित्यो ।

यसैबीच लिगकै आजै भएको दोस्रो खेलमा सातदोबाटो युथ क्बल र रानीपोखरी कर्नर टिम (आरसीटी)ले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP