बी डिभिजन लिग फागुन १८ देखि हुने

Read Time:2 Minute

सहिद स्मारक ‘बी’ डिभिजन लिग फागुन १८ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तालिका सार्वजनिक गर्र्दै बी डिभिजन लिग १८ फागुनबाट हुने जनाएको छ।

सिंगल राउण्ड रोविनका आधारमा हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । डेढ महिनाभन्दा कम समयमै लिग सकाउने गरी एन्फाले खेल तालिका सार्वजनिक गरेको छ । लिग चैत २७ मा सकिने तालिका छ ।

लिगको पहिलो दिन तीन खेल हुनेछ । जसमा झम्सिखेल युथ क्लबले श्री भगवतीक्लबसँग खेल्नेछ ।

लिगमा रानी पोखरी कर्नर टिम ९आरसिटि०, श्री भगवती क्लब, टुसाल युवा क्लब, झम्सिखेल युथ क्लब, ब्वाईज युनियन क्लब, मध्यपुर युथ एसोसियसन, खुमलटार युवा क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाबस्ती युवा क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, सामाजिक युवा क्लव र चर्च ब्वाइज युनाइटेड क्लबले खेल्नेछन् ।

सरस्वती गत सिजनको ए डिभिजन लिगबाट घटुवा भएको हो भने चर्च ब्वाइज युनाइटेड सी डिभिजन लिग च्याम्पियन तथा वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब दोस्रो र तेस्रो स्थानमा रहँदै बी डिभिजनमा बढुवा भएका हुन् ।

यस पटक बी डिभिजन लिगबाट दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । अहिले भइरहेको ए डिभिजन लिगको अन्तिम दुई टोली बी डिभिजनमा घटुवा हुने भएकोले बी डिभिजनबाट पनि शीर्ष दुई क्लब बढुवा गराउन लागेको छ ।

एन्फाले प्रतियोगितामा सहभागी टिमलाई १२ लाख ५० हजार रुपैया तीन किस्तामा प्रदान गर्नेछ । पहिलो किस्ता ६ लाख, दोस्रोमा ४ लाख र तेस्रो किस्तामा २ लाख ५० हजार प्रदान गरिनेछ ।

लिग च्याम्पियनले १५ लाख प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १० लाख र तेस्रो हुनेले ५ लाख पाउनेछ । लिगमा फियर प्लेखेल्ने टोलीले १ लाख पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैया पाउनेछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रोनाल्डो र फर्नान्डेसको गोलमा युनाइटेड विजयी
Next post आईएसएल खेल्ने दिल्ली लागे अनन्त
Close