बी डिभिजन लिगः मध्यपुरको पहिलो जित, सातदोबाटोेले खुमलटारलाई हरायो

काठमाडौंमा जारी बी डिभिजन लिग फुटबलमा शुक्रबार भएका दुई खेलमा मध्यपुर युथ एसोसिएसन र सातदोबाटो युथ क्लब विजयी भएका छन्। लिगका पहिलो जित निकाल्ने क्रमम मध्यपुरले टुसाल युथ क्लबलाई २–०ले हरायो भने सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२को रोमाञ्चक जित निकाल्यो।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दोस्रो खेलमा मध्यपुरलाई जित दिलाउन धिरज श्रेष्ठ र कैलाश लामिछाने खत्रीले गोल गरे । खेलको २३औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए । ६०औं कैलाशले गोल गर्दै मध्यपुरलाई लिगमा पहिलो जित दिलाए।

शुक्रबार भएको पहिलो खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो। सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे । खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काएका थिए ।

११ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । तर, २६ मिनेटमा सबिनले फ्रिकिकबाट गोल गर्दै खुमलटारलाई १–१ मा ल्याए। ४८औं मिनेटमा आदिलले गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए।

६१ औं मिनेटमा आशिषले गोल गर्दै सातदोबाटोलाई २–२ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७४ औं मिनेटमा भुवनले गोल गर्दै सातदोबाटोलाई ३–२ को जित दिलाए ।

जितसँगै ७ खेलमा १९ अंक जोडेको सातदोबाटो शीर्ष स्थानमा छ। ७ खेलमा १६ अंक जोडेको खुमलटार दोस्रो स्थानमा छ । यस्तै, ७ खेलमा ४ अंक जोडेको मध्यपुर ११औं स्थानमा छ भने ८ अंक जोडेको टुसाल सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *