बालोन डि’ओरको मनोनयन सार्वजनिक, रियल र फ्रान्सको वर्चश्व

फ्रान्सको स्पोर्टस् म्यागाजिनले हरेक वर्ष अयोजना गर्दै आएको बालोल डि’ओर अवार्डका लागि उत्कृष्ट ३० मनोनयन सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक भएको बालोन डि’ओरको मनोनयनमा विश्वकपका गोल्डेन बल, फिफा वर्ष खेलाडी र युरोपको उत्कृष्ट खेलाडीको अवार्ड जितेका क्रोएसियन मिडफिल्डर लुका मोड्रिचसँगै ५–५ पटकका बालोन डि’ओर विजेता पोर्चुगिज क्रिष्टियानो रोनाल्डो र अर्जेनटिनी स्टार लियोनल मेसी पनि परेका छन् ।

यसैगरी मनोनयनमा फ्रान्सलाई विश्वकप उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका युवा स्टार किलियन एम्बाप्पेसँगै एन्टोइन ग्रिजम्यान र ब्राजिलियन स्टार नेमार पनि परेका छन् । यस्तै, विश्वकपमका गोल्डेन बल विजेता इंग्ल्यान्डका ह्यारी केन, गोल्डेन ग्लोब विजेता बेल्जियमका थिवाउट कोर्टुवा, बेल्जियमकै इडेन हजार्ड, केभिन डे ब्रुइन, ब्राजिलका मार्सेलो, इजिप्टका लुइस सुआरेज, डिएगो गोर्डिन र इडिन्सन काभानीसँगै सेनेगलका साडिओ माने पनि बालोन डि’ओरको उत्कृष्ट ३० को मनोनयनमा परेका छन् ।

यसैगरी लिभरपुलका लागि अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै इंग्लिस प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बनेका इजिप्टका महोमद सलाह पनि बालोन डि’ओरको उत्कृष्ट ३० को मनोनयनमा परेका छन् । यस्तै विश्व विजेता फ्रान्सका कप्तान ह्युगो लोरिस, पाउल पोग्बा, राफेल भरान र एनगोलो कोन्टे पनि मनोनयनमा परेका छन् ।

यस्तै अघिल्लो सिजन इटालिनय क्लब एएस रोमामा उत्कृष्ट प्रदर्शन गरेका ब्राजिलका गोलरक्षक एलिसन बारकर, ब्राजिलकै रोबर्टो फिर्मिन्हो, विश्वकप उपविजेता क्रोएसियाका मारियो मान्जुकिच, इभान राकाटिक, एट्लेटिको म्याड्रिका स्लोभेनियन जान ओलब्याक, म्यान्चेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो र स्पेनका मिडफिल्डर इस्कोले पनि बालोन डि’ओरको उत्कृष्ट ३० को मनोनयनमा स्थान बनाएका छन् ।

सन् १९५६ देखि फ्रान्स फुटबल महासंघले उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्न सुरु गरेको हो । फ्रान्स र विश्वभरका खेल पत्रकारका भोटका आधारमा विजेता घोषणा गरिन्छ।

यसअघि ६ वर्ष बालोन डि’ओर र फिफाबीचको सहकार्य भएको थियो । सन् २०१६ सम्म फिफा बालोन डे’ओर नाममा अवार्ड दिने गरिएको थियो । तर २०१७ देखि फिफाले छुट्टै अवार्ड दिन सुरु र्गयो।

बालोन डि’ओर अवार्डको पछिल्लो १० वर्षमा बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले मात्र जितेका छन् । दुवैले पाँच–पाँच पटक अवार्ड हात पारेका छन् । फिफा अवार्डमा पनि यी दुवैको वर्चस्व कायम गरेका थिए । अवार्ड समारोह डिसेम्बर ३ मा पेरिसमा आयोजना हुनेछ।

मनोनयनमा रियल म्याड्रिड र फ्रान्सको वर्चश्व
सोमनबार राति सर्वाजनकि बालोन डि’ओरको उत्कृष्ट ३० को मनोनयनमा लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेको स्पेनिस क्लब रियल म्याड्रिड र विश्वविजेता फ्रान्सका खेलाडीको वचश्र्व छ । उत्कृष्ट ३० को मनोनयनमा रियलका ८ खेलाडी परेका छन् भने फ्रान्सका ७ खेलाडीले स्थान बनाएका छन् ।

मनोनयनमा परेका रियलका खेलाडीमा युरोपिनय च्याम्पियन्स लिगकै सर्वाधिक सफल खेलाडी क्रिस्टियानो रोनाल्डोसँगै कप्तान सर्जियो रामोस, फिफा वर्ष खेलाडी र विश्वकपको गोल्डेन बल जितेका क्रोएसियन मिडफिल्डर लुका मोड्रिच छन् । पोर्चुगिज स्टार रोनाल्डो अहिले रियल म्याड्रिड छाड्दै इटालियन क्लब युभेन्टस्मा आबद्ध छन् ।

यस्तै, स्ट्राइकर द्वय बेल्सका गेराथ बेल र फ्रान्सका करिम बेन्जिमा पनि मनोनयनमा पर्न सफल भए । रियलकै मार्सेलो, राफेल भरान र इस्कोले पनि मनोनयनमा स्थान बनाएका छन् ।

यसैगरी बालोन डि’ओरको उत्कृष्ट ३० को मनोनयनमा रुसमा भएको विश्वकप उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका फ्रान्सका ७ खेलाडी परेका छन् । युवस्टार किलियन एम्बाप्पे, एन्टोइन ग्रिजम्यान, एन’गोलो कोन्टे, पाउल पोग्बा, ह्युगो लोरिस र राफेल भरान पनि मनोनयनमा परेका छन् । यस्तै फ्रान्सको राष्ट्रिय टिममा नरहेका रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जिमा पनि मनोनयनमा पर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP