साफ च्याम्पियनसिप : उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई हरायो

१३औं संस्करणको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेश विजयी भएको छ । माल्दिभ्सको मालेमा आज भएको खेलमा उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १–०ले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रोमा बंगलादेशले अग्रता लियो। ५६औं मिनेटमा प्राप्त पेनाल्टीका बंगलादेशका तपु बर्मनले गोल गोल गरेका थिए।

श्रीलंकाका डिफेन्डर डुकसन पुसलासले डिबक्सका हातले बल रोकेपछि बंगलादेशले पेनाल्टी पाएको थियो भने पुसलास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि श्रीलंका १० खेलाडीमा सीमित भएको थियो।

खेलमा ५८ प्रतिशत बल पोजेसन बनाएको बंगलादेशले श्रीलंकाको पोस्टमा २० सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । यता, श्रीलंकाले ९ सट प्रहार गर्दा कुनैपनि सट फ्रेममा थिएन।

साफ च्याम्पियनसिपमा आजै नेपालले आयोजक माल्दिभ्सको सामाना गर्ने छ । खेल राति ९ः४५ बजे सुरु हुने छ। साफमा यो पटक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी ५ टिम सहभागी छन्।

Facebook Comments Box