साफ च्याम्पियनसिप : १० खेलाडीमा सीमित बंगलादेशले भारतलाई रोक्यो

माल्दिभ्समा जारी १३औं साफ च्याम्पियनपिसपको पहिलो खेलमै भारत रोकिएको छ । सोमबार मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा भारतले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

भारतका लागि १८औंं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता दिलाए । उनले उदान्त सिंहको पासमा गोल गरेका थिए । पहिलो हाफ १–०मै सकियो।

५४औं मिनेटमा बंगलादेश १० खेलाडीमा समेटियो । उसका विश्वनाथ घोषले रेडकार्ड पाएका थिए । तर, १० खेलाडीमा समेटिए पनि ७४औं मिनेटमा बंगलादेशले गोल फर्कायो । उसका एयसिन अराफातले गोल गरेका थिए । उनले सकिब उसैनको पासमा गोल गरे।

खेलमा भारतले ६८ प्रतिशत बल पोजेसन बनाउँदै १२ सट प्रहार गर्दा ८ सट फ्रेममा थियो । यता, बंगलादेशले ७ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो।

जितसँगै बंंगलादेश ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा श्रीलंकालाई १–०ले हराएको थियो।

Facebook Comments Box