आजबाट च्याम्पियन्स लिग समूह चरणका खेल, बार्सा र बायर्न भिड्दै

Read Time:2 Minute

व्यावसायिक फुटबलको प्रतिष्ठित तथा सर्वाधिक ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिग आज (मंगलबार) बाट सुरु हुँदै छ। च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको फस्ट लेगका खेलहरु आजबाट हुन लागेका हुन्।

च्याम्पियन्स लिगअन्तर्गत ग्रुप ‘जी’को खेलमा आज स्पेनिस टिम सेभिया र अस्ट्रियाको आरबी साल्जबर्ग प्रतिस्पर्धा गर्दैछन्। यस्तै, ग्रुप ‘एफ’को खेलमा प्रिमियर लिग जाइन्ट म्यानचेस्टर युनाइटेडले स्विस टिम योङ बोइजसँग खेल्दैछ। दुवै खेल नेपालको समयानुसार राती १०ः३० मा हुनेछन्।

यसैगरी, ग्रुप ‘जी’कै अर्को खेलमा लिल्ले र वुल्फ्सबर्ग, ग्रुप ‘एफ’मा भिल्लारियल र एट्लान्टाबीच पनि खेल हुनेछ। ग्रुप ‘एच’अन्तर्गत चेल्सी र जेनिट तथा माल्मो र युभेन्टस आमनेसामने हुँदैछन्।

समूह चरणअन्तर्गत यस साताको सबैभन्दा ठूलो खेलमा बार्सिलोना र बायर्न म्युनिखबीच खेल हुँदैछ। च्याम्पियन्स लिग समूह चरणको समूह ‘ई’मा रहेका दुई पूर्व च्याम्पियनबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ। दुईबीचको पछिल्लो खेलमा बायर्न ८–२ को फराकिलो जित निकाल्न सफल भएको थियो।

आज हुने खेलमा बायर्न इतिहास दोहोर्‍याउने ध्याउन्नमा रहनेछ भने बार्सा बदला लिने सोचमा मैदान उत्रनेछ। समूह ‘ई’ कै अर्को खेलमा डाइनामो किभ र बेन्फिका भिड्दैछन्। यी खेलहरु राती १२ः४५ बजे हुनेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
Next post मिडल अर्डर नचल्दा दबाबमा नेपाल
Close