शीर्ष स्थानमा फर्कियो बार्सिलोना, बिल्बाओ १–०ले पराजित

डिफेन्डिङ च्याम्पियन बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । मंगलबार राति घरेलु मैदान क्याम्प नेउमा भएको खेलमा एथ्लेटिको बिल्बाओमाथि १–०को संघर्षपूर्ष जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो ।

जितपछि बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ३१ खेलमा ६८ अंक भएको छ भने दोस्रो स्थानको रियल मड्रिडको ६५ अंक छ । यद्यपि रियलले १ खेल कम खेलेको छ । बिल्बाओ भने ४२ अंकका साथ १०औं स्थानमा छ ।

खेलको पहिले हाफ गोलरहित बराबरीमा सकियो । खेलको ५ मिनेटभित्रै दुवै टिमले गोलका २–२ राम्रा अवसर खेल फालेका थिए । त्यसपछि केही राम्रा मुभ बनाए पनि दुवै टिमले त्यसलाई फनिसिङ दिन सकेनन् ।

बार्सिलेनाका लागि ७१औं मिनेटम इभान राकाटिकले निर्णायक गोल गरे । डिबक्समा कप्तान लियोनल मेसीले बिल्बाओका दुई डिफेन्डरलाई छलाएको बल खोस्दै राकाटिकले प्रहार गरेको बलले जाली चुमेको थियो ।

यसैगरी मंगलबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले लेभान्तेलाई आत्मघाती गोल मद्दतमा १–० गोलले पराजित गरेको छ। जितसँगै एट्लेटिको मड्रिड लिगको तेस्रो स्थानमा उक्लिएको छ। उसको ५५ अंक छभने लेभान्ते ३८ अंका साथ ११औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.