क्याटलान डर्बीमा बार्सिलोनाको कठीन जित, स्पानियोल रेलिगेसनमा

स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको क्यानलान डर्बीमा बार्सिलोनाले कठीन जित हात पारेको छ । घरेलु मैदान क्याम्प नेउमा भएको खेलमा लुइस सुआरेजको निर्णायक गोल मद्दतमा बार्सिलोनाले इस्पानियोलमाथि १–०को जिन निकालेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५६औं मिनेटमा मेसी, ग्रिजम्यानको कम्बिनेसनमा सुआरेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि कुनै गोल नहुँदा बार्सिलोना १–०ले विजयी भयो ।

खेलमा बार्सिलोनाले पकड बनाएको थियो । तर, गोलको अवसर भने इस्पानिलोलले बढी बनाएको थियो । पहिलो हाफमै गोलका दुई सुन्दर अवसर उसले सिर्जना गरेको थियो, तर दुवैमा किपर मार्क आन्द्रे टेर स्टेगन बाधक बनेका थिए । दोस्रो हाफको अन्त्यतिर पनि इस्पानियोलले केही राम्रा अवसर सिजर्ना गरेको थियो, तर गोल गर्न सकेन । खेल जितेपछि बार्सिलेनाले उतकृष्ट मुभ भने बनाउन सकेन् । दोस्रो हाफमा लियोनल मेसीको एक प्रहार भने इस्पानियोलको किपरले उत्कृष्ट बचाउ गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै दुवै टिम १० खेलाडीमा सीमित बनेका थिए । ५०औं मिनेटमा बार्सिलोनाका युवा स्ट्राइकर अन्सुमन फाती र ५३औं मिनेटमा इस्पानियोलनका पोल लोजानाले सिधै रेडकार्ड पाएका थिए । दुवैले विपक्षीविरुद्ध खतरानाक ट्यकल गरेका थिए, भारमार्फत रेफ्रीले रेडकार्ड दिएका थिए ।

यता, बार्सिलोनासँगको हारपछि इस्पानियोल २७ वर्षपछि पहिलो पटक रेलिगेसनमा परेको छ । सन् १९९४मा पहिलो डिभिजनमा बढुवा भएको इस्पानियोल त्यसयता पहिलो डिभिजनमै थियो । तीन खेल मात्र बाँकी रहेको अवस्थामा इस्पानियोलको २४ अंक छ र १६औं स्थानको एइबारभन्दा ११ अंकले पछि छ । इस्पानियोलसँगै लेगानेस र रियल मार्लोर्का पनि रेलिगेसनमा पर्ने खतरा छ । लेगानेसको २८ र मार्लोर्काको २९ अंक छ ।

जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको दुरी १ अंकमा झारेको छ । बार्सिलोनाको ७६ अंक छ भने रियलको ७७ अंक छ । यद्यपि रियलले १ खेल कम खेलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.