ला लिगामा बार्सिलोना र एट्लेटिको विजयी

स्पेनिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको बिल्बाओलाई २–१ले हराउँदा एट्लेटिको मड्रिडले काडिजमाथि ४–२को सहज जित निकाल्यो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पायो ।

२० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । योसँगै मेसीले बार्सिलोनाका ६५० गोल पुरा गरेका छन् । ४९औं मिनेटमा जोर्डी अल्बाले आफ्नै पोष्टमा गोल गरेपछि खेल बराबरीमा आयो । ७४औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।

जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । उसको २० खेलमा ४० अंक भएको छ । बिल्बाओ २४ अंक जोडेर ११ औं स्थानमा छ ।

शीर्ष स्थानमा एट्लेटिकोलाई १० अंकका अग्रता

आइतबार राति नै भएको खेलमा काडिजमाथि ४–२को सानदार जित निकाल्दै एट्लेटिको मड्रिडले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । १९ खेलमा एट्लेटिकोको ५० अंक छ । उसले दोस्रो स्थानबो बार्सिलोना भन्दा १ खेल कम खेलेको छ ।

२८ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोलेले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए । ४४औं मिनेटमा सउल निगुएजले गोल गर्दै पहिलो हाफमा एट्लेटिकोलाई २–१ को अग्रता दिलाए ।

५०औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दा एट्लेटिको ३–१ ले अघि रह्यो । ७१औं मिनेटमा अल्भारोले व्यक्तिगत दोस्रो गोल गर्दै काडिजलाई २–३ गोलको स्थितिमा ल्याए । त्यसपछि ८८औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई ४(२ को सहज जित दिलाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.