मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्टस विजयी

सिजनको तयारीमा रहेका स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले मैत्रीपूर्ण खेलमा जित निकालेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डलाई ३–०ले हराउँदा युभेन्टसले मोन्जालाई २–१ले हरायो।

मर्सेडिज बेन्ज एरेनामा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे, युसुफ डेमिर र रिकार्ड पुइजले गोल गरे । बार्सिलोनाले पहिलो हाफमा २ र दोस्रो हापमा १ गोल गरेको थिए ।

२१औं मिनेटमा डिपेले गोल गर्दै बार्सिलोनाई सुरुआगी अग्रता दिलाए। युसुफ डेमिरले ३६औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको अग्रता २–०मा पुग्यो । त्यसपछि ७४औं मिनेटमा रिकार्ड पुइजले गोल गर्दै बार्सिलोनालाई ३–०को जित दिलाए।

यसैगरीले मोन्जाविरुद्ध युभेन्टसलाई जित दिलाउन फिलिपो रानोन्चिआ र डेजन कुलुसेस्कीले गोल गरे भने मोन्जाका मार्को डि अलेसान्ड्रोले गोल गरे। १३औं मिनेटेमा रानोन्चिआले गोल गर्दै युभेन्टलाई अग्रता दिलाए। ५३औं मिनेटमा कुलुसेस्कीले युभेन्टसको अग्रता दोब्बर बनाए । ८७औं मिनेटमा अलेसान्ड्रोले गोल गरेपछि मोन्जाको हार टार्न सकेनन्।

Facebook Comments Box