बार्सिलोना हारबाट जोगियो, लेस्टरको सहज जित

Read Time:2 Minute

युरोपा लिग अन्तिम ३२ को पहिलो लिगको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। बिहीबार राति भएको खेलमा बार्सिलोना इटालियन क्लब नापोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

फेरदान टोरेसले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा खेल बराबरी गर्न सफल भएको हो । १८ वर्षपछि पहिलो पटक युरोपा कप खेलिरहेको बार्सिलोना पहिलो हाफमा पछि परेको थियो । पिओटर जेलिन्स्कीले २९औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा भिएआरको सहायताबाट पाएको पेनाल्टीमा फेरानले ५९औं मिनेटमा गोल गरे । खेलमा फेरान टोरेसले गोल गर्ने अरु अवसर पनि पाएका थिए तर फिनिस गर्न सकेनन् । युरोपियन च्याम्पियन्स लिगको समूह चरण पार गर्न नसकेपछि बार्सिलोनाले युरोपा लिग खेल्नुपरेको हो ।

यसैगरी अर्को खेलमा इंग्लिस क्लब लेस्टर सिटीले सहज जित निकालेको छ। बिहीबार राति भएको खेलमा लेस्टरले डेनिस क्लब रान्डर्सलाई ४–१ले हरायो।

२३ औं मिनेटमा विलफ्रेड एनडीडीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए। ४५औं मिनेटमा रान्डर्सका भिटोले गोल गरेपछि पहिलो हाफमा खेल १–१को बराबरीमा सकियो।

४९ औं मिनेटमा हार्भे बर्नसले गोल गरेपछि लेस्टरले खेलमा पुनः अग्रता लियो । ५४औं मिनेटमा पाट्सन डाका र ७४ औं मिनेटमा केइरन हलले गोल गरेपछि लेस्टर४–१ले विजयी भयो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भ्रष्टाचार मुद्दामा हरि खड्का दोषी ठहर
Next post ओमानसँगको खेल नेपालका लागि सेमिफाइनलको आधार
Close