मेसीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा

इटालियन क्लब नापोलीलाई सग्रमा ४–२ले पारजित गर्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति क्याम्प नेउमा भएको दोस्रो लेगमा नापोलीलाई ३–१ले पराजित गर्दै बार्सिलेनालेले लिस्बनमा हुने क्वार्टरफाइलनमा बायर्न म्यूनिखसँगको भिडन्त पक्का गरेको हो ।

क्याम्प नेउमा बार्सिालेनालाई सहज जित दिलान कप्तान लियोनल मेसीले प्रेरणादयाी प्रदर्शन गरे । नापोलीको मैदानमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । लेगमा बार्सिलोनालाई सहज जित दिलाउन कप्तान लिओनल मेसी, क्लेमेन्ट लेङलेट र लुइस सुआरेजले गोल गरे भने नापोलीका लोरन्जो इनसाइनले गोल गरेका थिए ।

घरेलु मैदानमा भएको खेलमा लेङलेटले १०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दिलाए । ३०औं मिनेटमा मेसीले गोल अर्को गोल गरेका थिए । तर भिएआरले उक्त गोललाई मान्यता दिएन ।

पहिलो हाफको इन्जुरी टाइममा सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । इन्जुरी सयमै नापोलीले पनि पेनाल्टी पायो र त्यसमा इनासाइनले गोल गर्दै नापोलीको सम्भावना जीवितै राखृेका थिए । तर, त्यसपछि कुनै गोल नहुँदा बार्सिलोना समग्रमा ४–२ले विजयी भयो ।

खेलमा दबदबा भने नापोलीको थियो । उसले बार्सिालेनाको पोस्टमा १८ सट प्रहार गरेको थियो, जसमा तीन सट फ्रेममा थियो । यता, बार्सिलोनाले ७ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो ।

बार्सिलोनाले लगातार १३औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । पाँच पटकको च्याम्पियन बार्सिलोनाले अब क्वाटरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *