बेटिसमाथि बार्सिलोनाको जित, च्याम्पियन्स लिगमा स्थान पक्का

Read Time:1 Minute

बार्सिलोनाले ला लिगामा शनिबार राति रियल बेटिसलाई २–१ ले पराजित गरेको छ । यस जितपछि बार्सिलोनाले यस ससिजन शीर्ष चारमा स्थान पक्का गर्दै अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगमा पनि स्थान सुरक्षित गरेको छ ।

रियल मड्रिडले यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ ।

जोर्डी अल्वाले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि बार्सिलोना ३ अंक जोड्न सफल भएको हो । त्यसअघि अंशु फाटीले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने बार्सिलोनाकै पूर्व डिफेण्डर मार्क बार्टाले ७९औं मिनेटमा बेटिसका लागि बराबरी गोल गरेका थिए ।

बराबरीतर्फ अग्रसर खेलमा खल्वाले इन्जुरी टाइमको चौतो मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितपछि बार्सिलोना ३५ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट ५८ अंक रहेको रियल बेटिस भने पाँचौ स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय भलिबल लिगमा महिला र पुरुष दुवैमा आर्मी च्याम्पियन
Next post २ दशकपछि नान्ट्सले जित्यो फ्रेन्च लिग कप
Close