
सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो
Read Time:1 Minute
सेभियालाई पराजित गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले घरेलु मैदानमा १–० को जित निकालेको हो।
घरेलु मैदान क्याम्प नोउमा आइतबार राति सम्पन्न खेलमा दोस्रो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ७२औं मिनेटमा गोल गरेका थिए। पेड्रीले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण ३ अंक दिलाए।
यो जितसँगै बार्सिलोना २९ खेलबाट ५७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। समान ५७ अंक रहेपनि बार्सिलोनाले एट्लेटिको म्याड्रिड र सेभियालाई गोल अन्तरमा पछि पारेको हो।
बार्सिलोना अझै शीर्षस्थानको रियल म्याड्रिडभन्दा १२ अंकले पछि छ । रियलको ६९ अंक छ। बार्सिलोनाले एक खेल कम खेलेको छ।