औवामियाङको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

Read Time:2 मिनेट

गाबोनका स्ट्राइकर पिएर्रे एमरिक औवामियाङले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसकै मैदानमा ४–१ ले हरायो।

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको शानदार जितमा औवामियाङसँगै फ्रेन्की डे योङले पनि एक गोल गरे भने भ्यालेन्सियाका कार्लोस सोलरले एक गोल फर्काए ।

२३औं मिनेटमा ओवामियाङले जोर्डी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३२औं मिनेटमा फ्रेन्की डे जोङले उसमान डेम्बेलेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा गाभीको पासमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३–०को अग्रता बनायो ।

५२औं मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलरले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । उनले ६३ औं मिनेटमा फेरि उवामेयाङले अर्को एक गोल थपेर ह्याट्रिक गर्दै बार्सिलोनालाई ४(१ को जित दिलाए ।

आइतबार राति भएको यस खेलपछि २४ खेलबाट ४२ अंक जोडेर बार्सिलोना चौथो स्थानमा उक्लेको छ । समान अंक भए पनि बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पछि पारेको हो । बार्सिलोना एक खेल बढी खेलेको शीर्ष स्थानको रियल मड्रिड भन्दा १५ अंकले पछि छ भने दोस्रो स्थानको सेभियाभन्दा ९ अंकले पछि छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जवलाखेलको जितले दबाबमा पुलिस, फ्रेन्ड्स र ब्रिगेड बोइज
Next post लिड्समाथि युनाइटेडको जित, वुल्भ्सले लेस्टरलाई हरायो
Close