अन्तिम दुई मिनेटमा दुई गोल गर्दै बार्सिलोना विजयी

Read Time:1 Minute

जाभाी हर्नान्डेजको प्रशिक्षमा बार्सिलोनाले ला लिगामा लगातार दोस्रो जित निकालेको छ। शनिबार राति भएको खेलमा अन्तिम २ मिनेटमा २ गोल गर्दै बार्सिलोनाले भिल्लारियललाई उसकै मैदानमा ३–१ले हरायो।

मेम्फिस डिपाएर र फिलिप काउटिन्होले अन्तिम दुई मिनेटमा गोलरेका थिए भने त्यसअघि फ्यांकी डि योङले गोल गरेका थिए । भिल्लारियलका सामुअल चुक्वेसाले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डी योङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा चुक्वेसाले गोल गरेपछि १–१ गोलको बराबरीमा आयो।

बराबरीतर्फ अघि बढिरहेको खेलको ८८औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी टाइममा काउटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले ३(१ ले खेल जितेको हो ।

जितपछि १४ खेलबाट २३ अंक जोडेको बार्सिलोना सातौं स्थानमै यथावत छ । भियारियाल १४ खेलबाट १६ अंकसहित १२औं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post साउथह्याम्पटनको पोस्टमा लिभरपुलको ४ गोल, जेरार्डको आगमनपछि भिल्लाको लय
Next post सिरि एमा एट्लान्टासँग हार्‍यो युभेन्टस, इन्टर मिलान विजयी
Close