सुआरेजले २ गोल गर्दा पनि रोकियो बार्सिलोना, रियललाई फाइदा

स्ट्राइकर लुइस सुआरेजले २ गोल गरेपनि बार्सिलोनालाई जित दिलाउन सकेनन् । सुआरेजले २ गोल गरेको खेलमा बार्सिलोना सेल्टाभिगोसँग २–२ गोलको बराबरीमा रोकियो । दुई पटक लिएको अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

उपाधि होडमा रहेका बार्सिलना बरारबीमा रोकिँदा त्यसको प्रत्यक्ष फाइदा रियल मड्रिडलाई भयो । आइबार राति हुने खेलमा इस्पानियोललाई पराजित गरे रियलले शीर्षस्थानमा स्पष्ट २ अंकको अग्रता बनाउने छ । सेल्टाभिगोसँग १ अंकमा चित्त बुझाएको बार्सिलोना ६९ अंकका साथ शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियलको ६८ अंक छ ।

सेल्टाभिगोको मैदानमा भएको खेलमा बार्सिलोनाका लुइस सुआरेजले २ गोल गर्दा सेल्टाभिगोका फ्योडोर स्मोलोभ र इयागो आसपासले गोल गरेका थिए । खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल भएको थियो ।

पहिलो हाफको २०औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । कप्तान लियोनल मेसीले डिबक्सको ठीकबाहिरबाट फ्रिकिकमा दिएको पासमा अनर्माक रहेका सुआरेजले हेडिङमार्फत गोल गरेका थिए ।

त्यसलगत्तै सेल्टाभिगोको दुई सुन्दर अवसर खेल फाल्यो । दुवै प्रहारमा किपर मार्क आन्द्रे टेरस्टेगन बाधक बने । पहिलो हाफमै मेसीले राम्रो अवसर खेर फालेका थिए ।

५०औं मिनेटमा स्मोलोभले काउन्टर अट्याक्मा गोल गर्दै सेल्टाभिगोलाई खेलमा फर्काए । ६७औं मिनेटमा मेसीकै पासमा सुआरेजले उत्कृष्ट फिनिसङ गर्दै पुनः बार्सिलोनालाई अग्रता दिलाए । घुँडाका अप्रेसन गरेर भर्खरे मैदान फर्किएका सुआरेजको यो जनवरीयताको पहिलो गोल हो । एक गोलले पछि परेपनि सेल्टाभिगोले काउन्टरमा बार्सिलोनालाई दबाब दिइरहयो । उसका केही उत्कृष्ट प्रहार टेरस्टेगनले बताए ।

निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा सेल्टाभिगोले गोल ग¥यो र खेललाई बराबरीमा ल्यायो । ८८औं कप्तान आसपासले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थियो । बार्सिलोनाकै पूर्वखेलाडी राफिन्हालाई डिबक्सको नजिकै जेरार्ड पिकेले लगाएपछि सेल्टाभिगोको फ्रिकिक पाएको थियो ।

इन्जुरी समयको अन्तिम मिनेटमा सेल्टाभिगोको अर्को सुनौलो अवसर खेर फाल्यो र बार्सिलोनासँग ३ अंक खोस्न असफल भयो । डेनिस सुआरेजले दिएको उत्कृष्ट पासमा अनमार्क रहेका नलिटोको फितलो प्रहारमा टेरस्टेगन बचाउँदै बार्सिलोनालाई हारबाट जोगाए ।

खेलमा बार्सिलोनाले ६७ प्रतिशत बल पोजेसन बनाए पनि ऊ सेल्टाभिगोको पोस्टमा उलेख्य आक्रमण गर्न असफल भयो । कप्तान लियोनल मेसीले सेल्टाभिगोविरुद्ध कुनैपनि सट फ्रेममा प्रहार गर्न सकेनन् । बार्सिलोनाले १९ सट प्रहार गर्दा २ सटमात्र फ्रेममा थियो । यता, सेल्टाभिगोकोले १० सट प्रहार गर्दा ५ सट फ्रेममा थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.