डच स्ट्राइकर डिपे बार्सिलोनामा

स्पेनिस जाइन्ट बार्सिसोनाले डच स्ट्राइकर मेम्फिस डिपेलाई अनुबन्धन गरेको छ । बार्सिलोनाले डिपेललाई फ्रेन्च क्लब लियोनबाट फ्रि ट्रान्सफरमा अनुबन्धन गरेको हो।

लियोनसँग डिपेको सम्झौता यसै महिना सकिँदै छ। युरोकप खेलिरहेका डिपेले बार्सिलोना आउने मौखिक सहमति गरे पनि आधिकारिक हस्ताक्षर भने भएको छैन।

२७ वर्षीय डिपेले बार्सिलोनासँग २ वर्षका लागि सम्झौता गर्नेछन्। बार्सिलोनाले यस सिजन अनुबन्ध गरेको डिपाए चौथो खेलाडी हुन् । यसअघि नै बार्सिलोनाले सर्जियो अगुएरो, एरिक गार्सिया र एमरसनलाई अनुबन्ध गरिसकेको छ ।

५ सिजन लियोनमा बिताउँदा डिपेले १७८ खेलमा ७६ गोल गरेका छन् । उनले दुई सिजन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडमा बिताएका उनले ५३ खेल खेल्दै ७ गोल गरेका थिए।

Facebook Comments Box