सिटीका युवा विंगर बार्सिलाेनामा, रिलिज क्लज १ बिलियन

Read Time:1 मिनेट

म्यान्चेस्टर सिटीका स्पेनिस युवा विंगर फेरान टोरेस स्पेनिस क्लब बार्सिालेनामा अबाद्ध भएका छन् । यो सिजन खराब प्रदर्शन गरिरहेका बार्सिलोना टोरेसलाई भित्र्याउन ६५ मिलियन युरो खर्चियो ।

टोरेसले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२७ सम्म क्याम नाउमा रहेन छन्। बार्सिलोनलो टोरेसको रिलिज क्लज १ बिलियन युरो तोकेको छ।

टोरेस सन् २०१९मा भ्यालेन्सियाबाट सिटी पुगेका थिए । सिटीमा उलने ४३ खेलमा १६ गोल गरेका छन्। उनले सिटीबाट प्रियिमर लिग र इएफएल कप गरी दुई उपाधि जितेका छन्।

बार्सिलोना आएयता स्ट्राइकरको अभाव झेलिरेका प्रशिक्षक जाभाीले टोरेसलाई अनुबन्धन गरेका हुन्। जाभी आएपछि अनुबन्धन हुने उनी दोस्रो खेलाडी हुन् । यसअघि क्वबकै पूर्वखेलाडी भेट्रान डिफेन्डर डानी अल्भेसलाई जाभीले अनुबन्धन गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post १० खेलाडीमा सीमित साउथह्याम्पटन सँग रोकियो टोटनहम
Next post स्वदेश फर्कियो यू १९ क्रिकेट टिम
Close