मेसीको दुई गोलमा बार्सिालेना विजयी

स्पोनिस ला लिगाम बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा कप्तान लियोनल मेसीले २ गोल गरेपछि बार्सिलोनाले इल्चेलाई ३–०ले हराएको हो।

घरेलु टिम बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने त्यस्तै, जोर्डी अल्बाले एक गोल गरे। इल्चेले बार्सिलोनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो।

४८औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए। ७३औं मिनेटमा अल्बाले गोल गरेपछि बार्सिलोनाले ३–०को सहज जित निकाल्यो।

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको २४ खेलबाट ५० अंक भएको छ। पराजित इल्चेको भने २३ खेलबाट २१ अंक छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २३ खेलबाट ५५ अंक छ। लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडको २४ खेलबाट ५२ अंक छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.