बार्सिलोनामा १० नम्बरको जर्सी अन्सु फाटीले लगाउने

Read Time:1 मिनेट

अब बार्सिलोनामा १० नम्बरको जर्सीमा युवा स्ट्राइकर अन्सु फाटी देखिने भएका छन् । सुपरस्टार लियोन मेसीले क्लब छाडेपछि खालीको १० नम्बरको जर्सी बार्सिलोनाले अन्सु फाटीलाई दिएको हो।

बार्सिलानमा १ दशकभन्दा बढी समयदेखि १० नम्बरको जर्सीमा देखिएको मेसी केही समयअगाडि मात्र फ्रेन्च क्लब पिएसजी पुगेको छन्। ला लिगाको वित्तिय नियमका कारण सम्झौता नवीकरण हुन नसकेपछि मेसीले बार्सिलोना छाडेका थिए।

मेसीले बार्सिलोना छाडे लगत्तै १० नम्बरको लिजेन्डरी जर्सी कसले लगाउने भन्ने चर्चा चलेको थियो । १० नम्बरको जर्सीका लागि फाटीसँगै फिलिपे काउटिन्हो, सर्जियो अगुएरो र पेड्रीको पनि चर्चा थियो ।

तर, बार्सिलोनाले बुधबार फाटीलाई १० नम्बरको जर्सी दिएको हो। बार्सिलोनाले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै फाटीलाई १० नम्बरको जर्सी दिएको हो। बार्सिलोनाको एकेडेमी ला मासियाबाट उत्पादन भएका दशकयताकै उत्कृष्ट खेलाडी हुन्।

१८ वर्षीय फाटीले १६ वर्षको उमेरमै बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेका थिए । उनले बार्सिलोनाका लागि ४१ खेल खेल्दै १३ गोल गरेका छन्। गत वर्ष नाेभेम्बर ८मा घाइते भएका फाटी त्यसयता मैदानबाहिर रहेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतविरद्ध खेलअघि अल्मुताइरी भने– हामी गोर्खाली हौं, जित्नैका लागि खेल्छौं
Next post ‘सी’ डिभिजन छनोटः ज्वरो मात्र नापेर एन्फाको ‘हदैसम्मको स्वास्थ्य सतर्कता’ !
Close