काडिचसँग रोकियो बार्सिलोना

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। आइतबार राति घरेलु मैदान क्याम्प नेउमा भएको खेलमा बार्सिालोला काडिच सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा काडिचसँग अंक बाँड्न बाध्य भएपछि बार्सिलोनाले लिगको दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दुरी घटाउने अवसर गुमायो । २३ खेलमा ४७ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियलको ५२ र शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५५ अंक छ।

क्याम्प नेउमा ३२औं मिनेटमा कप्तान लियोनल मेसीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। काडिचका डिफेन्डरले पेड्रीलाई डिबक्समा लगाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो।

जिततर्फ अग्रसर भएको बार्सिलोना अन्तिम केही मिनेट सम्हालिन नसक्दा अंक बाँड्न बाध्या भयो। ८९औं मिनेटमा एलेक्स फर्नान्डेसले गोल गर्दै बार्सिलोनासँग १अंक खोसे। क्लेमेन्ट लेगनेटले डिबक्समा काडिचका सोब्रिनोलाई फाउल गरेपछि काडिचले पेनाल्टी पाएको थियो।

यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको काडिच २५ अंकका साथ १४औं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.