बार्सिलोना बेन्फिकासँग पराजित, बायर्नको सहज जित

स्पेनिस क्लब बार्सिलोना च्याम्पियनको समूह चरणको दोस्रो खेलमा पराजित भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग ३–०ले पारजित भएको हो।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो लगतार दोस्रो हार हो। यसअघि पहिलो खेलमा उ बायर्न म्युनिखसँग पनि ३–०ले नै पराजित भएको थियो।

वेनफिकालाई घरेलु मैदानमा शानदार जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । खेलको तेस्रो मिनेटमै गोल गरेका नुनेजले ७९औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । राफा सिल्भाले ६९औं मिनेटमा गोल गरे ।

वेनफिकाले सन् १९६१ पछि बार्सिलोनालाई पराजित गरेको हो ।

यस्तै, समूह इकै अर्को खेलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्यनले डाइनामो किभमाथि ५–०को जित निकाल्यो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा लिरोए साने, सर्गी गनाब्री, चुपो मोटिङले समान १ गोल गरे । बार्यनले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

समूह इमा दोस्रो जित निकालेको बायर्न ६ अंकसहित शीर्ष स्थानमा रहँदा ४ अंक जोडेको बेन्फिका दोस्रो स्थानमा छ । १ अंक जोडेको डाइनामो तेस्रो र अंकबिहीन बार्सिलोना पुछारमा छ।

Facebook Comments Box