
नयाँ सिजन बार्सिलोनाले नयाँ जर्सी लगाउने
स्पेनिस क्लब बार्सिलोनाले नयाँ सिजन नयाँ जर्सी लगाउने भएको छ। यसअघि रातो र निलो रङको मात्र प्रयोग हुँदै आएको बार्सिलोनाको जर्सीमा यो पटकबाट कालो रङको पनि प्रयोग हुनेछ ।
रातो, निलो र गाढा निलो रंगको प्रयोग भएको बार्सिलोनाको नयाँ जर्सीको ‘मोकप’ लिक भएको छ। लिक भएको जर्सीमा समर्थकले मिश्रित प्रतिक्रिया दिएका छन्।
कतिपयले नयाँ सिजनमा नयाँ जर्सी लगाउँदै बार्सिलोनाले पुरानै लय समात्ने बनाउँदा कतिपयले इतिहासकै नराम्रो जर्सी भएको बताएका छन्।
यो पटक बार्सिलोना जर्सीको प्रायोजक पनि परिवर्तन गर्ने छ । चार वर्ष बार्सिलोनाको जर्सीको मुख्य प्रयोजक जापानिज कम्पनी राकुटेन थियो ।
यो पटक जर्सीको मुख्य प्रायोजक सम्भवतः स्पोटिफ हुनेछ। स्पोटिफ स्वीडेनको अडियो ‘स्ट्रिमिङ’ तथा मिडिया सर्भिस प्रदान गर्ने कम्पनी हो। रिपोर्ट अनुसार बार्सिलोना र स्पोटिफबीच ५ वर्षका लागि सम्झौता भएको छ। जसवापत स्पोटिफले बार्सिलोनालाई ३४० मिलियन युरो तिर्ने छ।
यस्तै पाल्काडोट र टेन्सेन्ट गेम्स पनि बार्सिलोनाको जर्सीको प्रायोजकका रूपमा रहने बताइएको छ। बार्सिलोना जर्सीको मुख्य प्रायोजक लागि फेब्रुअरी ७मा सम्झौता गर्ने बताइएको छ।
लिक भएको नयाँ जर्सीको मोकपमा स्पोटिफ, पाल्काडोट र टेन्सेन्टको लोगो भएका जर्सी पनि छन्।