रियल, बार्सिलोना र युभेन्ट्समाथि छानविन गर्दै युईएफए

युरोपियन सुपर लिगका संस्थाक तीन क्लब रियल मड्रिड, बार्सिलोना र युभेन्ट्समाथि युईएफले छानविन थालेको छ । निकै विवादास्पद बनेपछि सुपर लिग घोषणा भएको ४८ घण्टामै स्थागित भएको थियो।

सुपर लिगका १२ संस्थापक क्लब दिए । जसमध्ये अन्तिमसम्म सुपर लिग गराउने पक्षमा रहेका तीन क्लब रियल, बार्सिलोना र युभेन्ट्समाथि युईएफले छानविन सुरु गरेको हो। छानविनका लागि युईएफले बुधबार नै एक समिति पनि गठन गरेको छ।

१८ अप्रिलमा घोषण भएको सुपर लिगको संस्थापक १२ क्लबमा प्रिमियर लिगका ६, इटालियन लिगको ३ र स्पेनिस लिगको ३ क्लब रहेका थिए। फिफा र युइएफले क्लब र खेलाडीमाथि पनि प्रतिबन्ध लगाउने चेतानवी दिएपछि प्रिमियर लिगका चेल्सी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेनहमले नाम फिर्ता लिएका थिए ।

यता, एसी मिलान र इन्टर मिलानले पनि प्रतिनिधित्व नजनाउने भएको छ भने एट्लेटिको मड्रिडले पनि नखेल्ने बताइसकेको छ। तर, बार्सिलोना, रियल ड्रिड र युभेन्ट्सले भने नाम फिर्ता लिएको छैन।

यता, युईएफएले शुक्रबार टोटेनहम, आर्सनल, सिटी, युनाइटेड, चेल्सी, लिभरपुल, एट्लेटिको मड्रिड, मिलान र एसी मिलानलाई १ करोड आर्थिक जरिवाना तिराएको थियो।

युईएफले छानविन थालेसँगै बार्सिलोना, रियल र युभेन्ट्समाथि २ वर्षको प्रतिबन्ध लाग्ने सक्ने चर्चा चल्न थालेको छ।

Facebook Comments Box