नयाँ प्रशिक्षकको खोजीमा बार्सिलोना

स्पेनिस जाइन्ट बार्सिलोना नयाँ प्रशिक्षकको खोजीमा लागेको छ। हालका प्रशिक्षक रोनाल्ड कोइम्यानले अपेक्षाकृत नतिजा दिन नसकेपछि बार्सा उनको विकल्प खोज्न थालेको हो।

तर, कोइम्यानले भने आफुलाई यस विषयमा केही जानकारी नभएको बताएका छन्। उनको जागीर धरापमा परेको समाचार आइरहेका बेला उनले भने आफुलाई भविष्यमा के हुन्छ केही जानकारी नभएको बताएका हुन्।

अगस्ट २०२० बाट बार्साका म्यानेजरको भूमिका सम्हालेका कोइम्यानले क्लबको लेगेसीमा टेवा पुर्याउने प्रदर्शन र नतिजा दिन सकेका छैनन्। आर्थिक कठिनाईका कारण बार्साले यो सिजन आफ्ना उत्कृष्ट खेलाडी लियोनल मेसीलाई गुमाएको थियो। मेसीले क्लब छाडेसँगै बार्साको आर्थिक दुरावस्था छताछुल्ल भएको थियो।

त्यसैले पनि बार्साको बोर्ड आशालाग्दा प्रशिक्षकलाई अनुबन्ध गरेर समर्थकहरुलाई थोरै भएपनि सकारात्मकता तर्फै राख्ने प्रयासमा छ। ६ वर्ष बार्साबाट खेलेका कोइम्यानले हाल भने बार्साको लेगेसी र खेलाडी अनुरुपको नतिजा निकाल्न सकेका छैनन्।

गत सिजन तेस्रो हुने हुँदै बार्साले पछिल्लो १३ वर्षकै सबैभन्दा न्यून वरियतामा सिजन सकाएको थियो। यसपालि पनि नयाँ सिजनको आशालाग्दो सुरुवात गर्न नसक्दा कोइम्यान समस्यामा परेका हुन्।

बिटिभी ईस्पोर्टस्का अनुसार बार्साका नयाँ अध्यक्ष जोआन लापोर्ताले कोइम्यानको विकल्पका रुपमा पाँचजना प्रशिक्षकको सूची तयार गरेका छन्। उनको सूचीमा चर्चित फुटबल लेजेन्ड योहान क्रुफका छोरा तथा बार्साका स्पोर्टिङ डिरेक्टर जोर्डी क्रुफदेखि बि टिमका प्रशिक्षक सर्गि बरजाउनसम्म रहेका छन्।

‘मेरो पद धरापमा भएको मलाई थाहा छैन। मलाई क्लबले कही जानकारी पनि दिएको छैन। अन्तिम निर्णय सधैं क्लबकै हुन्छ, हेरौं के निर्णय गर्छ,’ कोइम्यानले बताएका छन्।

‘अहिले दुई किसिमका मान्छेहरु छन्– एकथरी जो मैले नै प्रशिक्षकको भूमिका निर्वाह गर्नुपर्छ भन्ने, र अर्कोथरि बार्सिलोनाले नयाँ प्रशिक्षक अनुबन्ध गर्नका लागि दौडधुप सुरु गरिसकेको मान्न.,’

Facebook Comments Box