ब्राजिलियन इमर्सन बार्सिलोनामा

ब्राजिलियन इफेन्डर इमर्सन स्पेनिस जाइन्ट बार्सिलोनामा आबुन्धित भएका छन् । बार्सिलोनाले इमर्सनलाई ९ मिलियन यरोमा अनुबन्ध गरेको हो।

२४ वर्षीय ब्राजिलियन डिफेन्डर इमर्सनले बार्सिलोनासँग ३ वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२४ सम्म क्याम्प नेउमा रहने छन् ।

राइट ब्याक इमर्सनले पछिल्ला ३ सिजन रियल बेटिसबाट लोनमा खेलेका थिए । उनले बेटिसबाट ७९ खेल खेल्दै ५ गोल गरेका छन् ।

सन् २०१९मा बार्सिलोना र रियल बेटिसले इमर्सनसलाई ब्राजिलियन क्लब एट्लेटिको मिएनिरोबाट १२.७ मिलियन युरोमा किनेका थिए। सोहीपछि बार्सिलोनाले इमर्सनलाई रियल बेटिसमा साढे २ वर्ष लोनमा किन्न पाउने सुविधा सहित दिएको थियो।

बार्सिलाेना तीन दिनभित्र तेस्रो खेलाडी अनुबन्ध गरेको हाे। यसअघि बार्सिलोनाले सर्जियो अगुएरो र डिफेण्डर इरिक गार्सियाललाई म्यानचेष्टर सिटीबाट फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो ।

Facebook Comments Box