मेसी अझै एक महिना मैदान बाहिर रहने

चोटमुक्त हुने प्रयासमा गरिरहेका अर्जेन्टिनी स्टार लियोनल मेसी अझै एक महिना फुटबलबाट टाढा रहने भएका छन् । गत महिना ट्रेनिङका क्रममा मेसीको बायाँ पिँडुलामा समस्या देखिएको थियो । सोही कारण मेसीले प्रिसिजन अन्तर्गतको बार्सिलोनाको अमेरिका भ्रमण गुमाउनुका साथै ला लिगाका सुरुवाती २ खेल पनि गुमाएका थिए ।

आगमी आइतबार ला लिगा अन्तर्गत ओसासुनाविरुद्ध हुने खेल मार्फत मेसी मैदानमा फर्किने अपेक्षा थियो । तर, मेसीको पिँडुलाको चोट सोचेभन्दा ढिलो निको भइरहेकाले उनी अझै एक महिना मैदान बाहिर रहने भएका हुन् ।

अघिल्लो सताबाट मेसी प्रशिक्षणमा फर्किएका थिए । तर, बुधबारको ट्रेनिङमा मेसीले पिँडुलामा दुखाई महसुस गरेका उनले ट्रेनिङ छाडेका थिए ।

चोटका कारण मेसीले ला लिगाका ५ र २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गुमाउने छन् । मेसीले ला लिगाका ओसासुना, भ्यालेन्सिया, ग्रानाडा, भिल्लारियल र गेटाफाविरुद्धको खेल गुमाउने सक्ने छन् । मेसीमाथि अन्तर्राष्ट्रिय फुटबलमा ३ महिनाका प्रतिबन्ध लागेकाले उनले चिली र मेक्सिको विरुद्धको मैत्रीपूर्ण खेल यसअघि नै गुमाएका थिए । सम्भवतः मेसी नोभेम्बर ६ मा हुने सेभिल्लाविरुद्ध खेलबाट मैदान फर्कन सक्ने छन् ।

मेसी अझै एक महिना मैदान बाहिर रहने भएपछि बार्सिलोनालाई भने समस्या परेको छ । उसका स्ट्राइकरद्वय लुइस सुआरेज र ओस्मान डेम्बेले पनि घाइते छन् । अहिले बार्सिलोनासँग पहिलो रोजाइका स्ट्राइकरका रुपमा एन्टोइन ग्रिजम्यान मात्र छन् ।

मेसी, सुआरेज र डेम्बेले घाइते भएपछि बार्सिलोनाले ‘बी’ टिमका स्ट्राइकरहरु कार्लेस पेरेज, इनकी पेना र अन्सु फाटीलाई सिनियर टिमसँगै ट्रेनिङ गराइरहेको छ । ला लिगाको दोस्रो खेलमा रियल बेटिसविरुद्ध पेरेज सुरुवातबाटै र फाटी सफ्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP