कोपा डेल रे उपाधिका लागि बार्सिलोना र बिल्बाओ भिड्ने

स्पेनिस कोपा डेल रेको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्ने भएका छन्। दोस्रो सेमिफाइनलमा लेभान्टेलाई ३–२ले पराजित गर्दै बिल्बाओले बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको हो।

बिहीबार राति भएको बिल्बाओ र लेभान्टेबीचको सेमिफाइनलको दोस्रो लेग १–१को बराबरीमा सकिएको थियो । पहिलो खेलमा २–१ले प्राप्त जितका आधारमा बिल्बाओ फाइलन पगेको हो।

खेलको १७औं मिनेटमा रोजरले गोल गर्दै घरेलु मैदानमा लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३०औं मिनेटमा राहुल गार्सियाले विल्वाओका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटसम्मको खेल १(१ को बराबरी भएपछि समग्रमा खेल २–२ को अवस्थामा पुग्यो । त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा विल्वाओका लागि एलेक्स बेरेनगाउरले निर्णायक गोल गरे । उनले ११२औं मिनेटमा गोल गर्दै विल्वाओलाई जिताए ।

अब बार्सिलोना र विल्वाओबीचको फाइनल खेल १७ अप्रिलमा सेभियाको मैदानमा हुनेछ । त्यसअघि विल्वाओले गत सिजन स्थगित भएको कोपा डेल रेकै फाइनलमा रियल सोसिडाडसँग ४ अप्रिलमा खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.