एट्लेटिको र बार्सिलोनाले खेले बराबरी, रियललाई शीर्ष स्थानमा उक्लिने अवसर

स्पेनिस ला लिगाको दुई उपाधि दाबेदार टिम एट्लेटिको मड्रिड र बार्सिलोनाले बराबरी खरलेका छन् । शनिबार राति क्याम नेउमा भएको खेलमा एट्लेटिको र बार्सिलोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यो बराबरी उपाधिको अर्को दाबेदार रियल मड्रिडलाई प्रत्यक्ष फाइलदा भएको छ। आइतबार राति हुने खेलमा सेभियालाई हराउन सके रियललाई शीर्ष स्थानमा उक्लिने अवसर छ । आइतबार जित निकालेको रियल ७७ अंक हुने छ र ऊ एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थानमा हुनेछ । बार्सिालेना भने ७५ अंकका साथ तेस्रो स्थानमा झर्ने छ।

बार्सिलोनाको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पूर्वरुपमा दबाबमा राखेको थियो भने दोस्रो हाफमा बार्सिलोनाले दबाब दिएको थियो।

बार्सिलोनाका किपर मार्क आन्द्रे टेर स्टेगन र एट्लेटिकोको किपर दुवै केही उत्कृष्ट बचाउ गरेका थिए । खेलमा बार्सिालेनाले ६० प्रतिशत बल पोजेसन बनाउँदै एट्लेटिकोको पोस्टमा १२ सट प्रहार गरेको थियो, जसमध्ये ७ सट फ्रेममा थियो। यता एट्लेटिको १० सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो।

Facebook Comments Box