
बार्सिलोनालाई शीर्ष ४ मा उक्लने मौका
जारी सिजन खराब प्रदर्शन गरिरहेको बार्सिलोना ला लिगामा आज बलियो एट्लेटिको मड्रिडको सामाना गर्दैछ। खेल आज राति ९ बजे बार्सिलोनाको मैदान क्याम्प नेउमा हुने छ।
घरेलु मैदानमा एट्लेटिकोसँग भिड्दा बार्सिलोन सक्षम पहिलो पटक ला लिगाको अंक तालिकामा शीर्ष चारमा उक्लने अवसर हुनेछ। तर, त्यो त्यति सहज भने पक्के हुने छैन ।
एट्लेटिकोविरुद्ध जित निकाल्न सके बार्सिलोना एट्लोटिकोलाई नै पछि पार्दै चौथो स्थानमा उक्लने छ। यस्तो अवस्थामा बार्सिलोनाको ३७ अंक हुने छ भने एट्लेटिको ३५ अंक हुनेछ।
यही खेलमार्फत बार्सिलोनाले दुई नयाँ खेलाडीलाई डेब्यु गराउन सक्ने छ। उसले विन्टर ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका स्ट्राइकर द्वय पिर्रे अमेरिक औबामियाङ र एडमा ट्राओरेलाई डेब्यू गराउने छ।
यता, एट्लेटिको पनि बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा आफूलाई बलियो बनाउन चाहन्छ । त्यसका लागि उसले पछिल्लो समयको खराब लयबाट माथि उठ्नु पर्नेछ।