उपाधि दाबेदारीका साथ बार्सिलोना र एट्लेटिको भिड्दै

स्पेनिस ला लिगाका दुई दाबेदार टिम एट्लेटिको मड्रिड र बार्सिलोना भिड्दै छन् । क्याम्प नेउमा हुने खेलमा राति ८ बजे सुरु हुनेछ।

लिगका चार खेल मात्र बाँकी रहेको अवस्थामा यो खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । दुवै टिम जित निकाल्दै उपाधिमा दाबेदारी प्रस्तुत गर्न चाहन्छन् ।

हारले टिमको उपाधि दाबेदारी कमजोर हुने भएकाले पनि खेल निकै प्रतिस्पर्धात्मक हुने छ । ७६ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ भने बार्सिलोना ७४ अंकका साथ तेस्रो स्थानमा छ।

सोही खेलमा बार्सिलोनाले आफ्ना पूर्व स्ट्राइकर लुइस सुआरेजलाई सम्मान गर्ने भएको छ । सिजनको सुरुवातसँगै बार्सिलोना छाड्दै एट्लेटिको गएका सुआरेज त्यसपछि पहिलो पटक क्याम्न नेउमा खेल्दै छन्।

स्वारेजले बार्सिलोनामा ६ सिजन बिताएर च्याम्पियन्स लिग, घरेलु लिग लगायत जितेका थिए। स्वारेजले बार्सालाई दिएको योगदानको कदर गर्दै बार्सिलोनाले घरेलु मैदानमा उसको सम्मान गर्न लागेको हो।

Facebook Comments Box