सेल्टाभिगोसँगको पराजयसँगै बार्सिलोना उपाधि होडबाट बाहिरियो

बार्सिलोना स्पेनिस ला लिगाको उपाधि होडबाट बाहिरिएको छ । आइतबार राति घरेलु मैदानमा सेल्टाभिगोसँग २–१ले पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो।

पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा बार्सिलोना सेल्टाभिगोसँग पराजित भयो । पराजयपछि बार्सिलोना ७५ अंकका साथ तेस्रो स्थानमै रह्यो । ऊ शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग ७ र दोस्रो स्थानको रियल मड्रिगसँग ५ अंकले पछि परेको छ।

खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलमा अग्रता बनाए पनि बार्सिलोनाले हारबाट जोगिन सकेन। सेल्टाभिगोका सान्टी मिनाले ३८औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

खेलको ८२औं मिनेटमा क्लेमेन्ट लङनेटले दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा सेल्टाभिगोको उठायो । मिनाले नै खेलको ८९ औं मिनेटमा गोल गरी खेल आफ्नो पक्षमा पारे।

यस्तै आइतबार राति नै भएका अन्य खेलमा सेयिया भिल्लारियलसँग ४–०ले पराजित भयो भने भ्यालेन्सियाले इबारलाई ४–१ले हरायो । यस्तै, रियल सोसिडाडले रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको रियल भालाडोलिडलाई ४–१ले हरायो । हारसँगै भालाडोलिड रेलिगेसनमा पर्ने पक्का जस्तै भएको छ।

Facebook Comments Box