बार्सिलोनाको लागतार तेस्रो जित

Read Time:2 Minute

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ। बुधबार राति समूह ‘जी’ मा रहेको बार्सिलोनाले डाइनामो किभलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु क्लब बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र जिरार्ड पिकेले गोल गरे। यता, डाइनामोका लागि भिक्टर सिहान्कोभले गोल गरे। खेलको पाँचौं मिनेटमा नै बार्सिलोनाले पेनाल्टी पाएको थियो। डिबक्सभित्र मेस्सीलाई डाइनामोका डेनिस पोपोभले लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

पहिलो हाफमा कप्तान मेस्सीको गोलबाट अग्रता बनाएको बार्सिलोनाले खेलको ६५ औं मिनेटमा अर्को गोल गर्न सफल भयो। बार्सिलानाका लागि पिकेले गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए। तर खेलको ७५ औं मिनेटमा भिक्टरले गोल गर्दै डाइनामोलाई २–१ गोलको स्थितिमा ल्याए। बार्सिलोनाविरुद्ध निकै दबाबमा खेलेको डाइनामोले बाँकी समयमा गो गर्न नसकेपछि हार ब्यहोरेको हो।

जारी च्याम्पियन्स लिगमा यो जित बार्सिलोनाको तेस्रो जित हो। तीन खेलबाट शतप्रतिशत जित निकालेको बार्सिलोना ९ अंक बनाउँदै समूह ‘जी’ को शीर्ष स्थानमा छ। यता, डाइनामोको तीन खेलबाट एक अंक मात्रै छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मोराटा चम्किँदा युभेन्ट्स विजयी
Next post मुम्बई छैठौं पटक आईपिएलको फाइनलमा, दिल्ली ५७ रनले पराजित
Close