५ हारपछि एल क्लासिकोमा बार्सिलोनाको जित, रियल ४-०ले पराजित

Read Time:2 Minute

लगातार ५ हार बेहोरेपछि बार्सिलोनाले एल क्लासिको जित निकालेको छ। ला लिगाको एल क्लासिकोमा बार्सिलोना रियल मड्रिडमाथि ४-०को सानदार जित निकाल्यो।

रियललाई घरेलु मैदानमै हराउने क्रममा बार्सिलोनाका पिएरे एमेरिक ओबामियाङले २ गोल गरे भने फेरान टोरेस र रोनाल्ड अराउजोले पनि गोल गरे।

बार्सिलोनाले २२ मिनेट अन्तरमा ४ गोल गरेको थियो । बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो। ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो गोलको ८ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो। डेम्बेलेको क्रसमा नै अराउजोले हेडरमार्फत गोल गर्दै २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको दोस्रो मिनेटमा नै टोरेसले गोल गर्दै ३–० को स्थितिमा पुर्याए।

त्यसको ४ मिनेट नबित्दै बार्सिलोनाले विवादका बीच ४–० को अग्रता लियो। औबामेयाङले टोरेसको पासमा सहजै गोल गरेका थिए। रेफ्रीले सुरुमा सहायक रेफ्रीकै निर्णयमा अफसाइड दिएपनि भीएआरले गोलको मान्यता दिएको थियो।

क्लबका पूर्वखेलाडी जाभीले रियललाई हराएपछि उपाधि जित्ने सम्भावना अझै नसकिएको जनाएका छन् ।

यस जितपछि बार्सिलोनाले लिग लिडर रियलसँग अंकदूरी १२ मा झारेको छ । यस्तै दोस्रो स्थानको सेभियासँग अब ३ अंकको दूरी मात्र छ । रियल मड्रिड २९ खेलबाट ६६ अंकसहित शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको बार्सिलोनाको ५४ अंक छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चलेनन् नेमार र एम्बाप्पे, मोनाकोसँग पिएसजीको लज्जास्पद हार
Next post ब्याटिङ सुधारको अपेक्षासहित युएईसँग भिड्दै नेपाल
Close