एल क्लासिको बार्सिलोनाको जित, जित्यो सुपर कप उपाधि

Read Time:1 Minute

साउदी अरेबियामा भएको एल क्लासिमा जित निकाल्दै बार्सिलोनाले सिजनको पहिलो उपाधिका रुपमा स्पेनिस सुपर कप उपाधि जितेको छ। आइतबार राति किङ फाद रंगशालामा भएको फाइनलमा बार्सिलोनाले रियल मड्रिडमाथि ३–१को जित निकाल्यो।

बार्सिलोनाको जिमा गाभी, पेड्री र रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए। बार्सिलोनाले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

गाभीले ३३औं मिनेटा लेवान्डोस्कीको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए। ४५औं मिनेटमा लेवान्डोस्कीले गाभीको पासमा गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–०को अग्रता लियो।

६९औं मिनेटमा पेड्रीले गाभीकै पासमा गोल गर्दैमा खेलमा बार्सिलोनालाई ३–०को अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयमा करिम बेन्जिमाले गोल गरेपछि त्यो रियललाई खेलमा फर्काउन पर्याप्त भएन।

गाभीले एक गोल गरे भने दुई गोलका लागि पास मिलाए । उनी सुपर कपमा गोल गर्ने कान्छो खेलाडीसमेत बनेका छन् । यो कीर्तिमान यसअघि अहिलेका प्रशिक्षक जाभीको नाममा थियो।

योसँगै सबै प्रतियोगितामा गरेर बार्सिलोनाले अपराजित खेलको शृंखला ९ पुर्‍याएको छ।

Happy
Happy
50 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टोटनहममाथि आर्सनलको जित, शीर्ष स्थानमा ८ अंकको अग्रता
Next post मेसी, नेमार र एम्बाप्पेलाई मैदान उतारेको पिएसजी पराजित
Close