रियल र बार्सिलोना बाहिरिए

स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । बिहिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिकको बिल्बाओसँग १–० गोलले पराजित भयो । अर्को खेलमा घरेलु टोली रियल म्याड्रिड रियल सोसियडाडसँग ४–३ को पराजय बेहार्दै प्रतियोगिताबाट बाहिरियो ।

बिल्बाओका लागि दोस्रो हाफको इन्जुरी समयमा इन्याकी विलियम्सले निर्णायक गोल गरेका थिए । बार्सिलोनाले खेलको सुरु देखिनै घरेलु टोलीविरुद्ध दबाब जमाएपनि गोल फर्काएन सकेन । कप्तान लियोनल मेसी र अन्सु फाती पहिलो हाफ गोलका सुन्दर अवसर खेर फाल्दा बार्सिलोना स्तब्ध बन्यो । दोस्रो हाफमा पनि बार्सिलोनाले केही राम्रा गोलका अवसर चुकाएको थियो ।

यसैगरी रियललाई घरेलु मैदानमा हराउन सोसियडाडका एलेक्सान्डर इसाकले दुई तथा मार्टिन ओडेगार्ड, मिकेल मेरिनोले एक एक गोल गरे । रियालका लागि मार्सेलो, रोड्रिगो र नाचो फर्नान्डेजले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

सोसियडाडका लागि मार्टिन ओडेगार्डले १२औं मिनेटमा पहिलो गोल गरेका थिए । ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसियडाडको अग्रता दोब्बर बनाए । इसाकले ५६औं मिनेटमा ब्यक्तिगत दोस्रो गो गरे । मिकेलले ६९औं मिनेटमा चौथो तथा निर्णायक गोल गरेका थिए ।

यसअघि ५९औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । ८१औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई उत्साह बढाए । इन्जुरी समयमा नाचो फर्नान्डेजले अर्को गोल गरेपनि रियलले हार टार्न सकेन । अन्तिममा एन्डोनी गोरोसावेल दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.