बार्सागेट प्रकरणमा बार्तामेउ पक्राउ

स्पेनिस जाइन्ट बासिलोनाका पूर्वअध्यक्ष पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउ र निर्देशक पक्राउ परेका छन् । बार्सिलोनाको अध्यक्ष रहँदा भएको घोटला प्रकरणको छानविनका लागि प्रहरीले बार्तामेउलाई घरबाटै पक्राउ गरेको हो।

‘बार्सागेट’ नामक घोटलामा संलग्न भएको आरोपमा क्षेत्रीय प्रहरीले बार्तामेउसहित सिआईओ सीईओ ओस्कार ग्राउ, हेड अफ लेगल सर्भिसका रोमन गोमेज पोन्टी र क्लबका पूर्व निर्देशक जुआमी मासफेररलाई लाई पनि पक्राउ गरेको हो।

सोमबार बिहानै स्पानिस पुलिस बार्सिलोनाको नोक्याम्प स्टेडियममा प्रवेश गर्दै अनुसन्धान सुरु गरेको थियो । यो अनुसन्धानलई ‘बार्सागेट’ प्रकरणसँगै जोडेर हेरिएको छ।

बार्तामेउमाथि क्लबका वर्तमान र पूर्वखेलाडीकोविरुद्धमा सामाजिक सञ्जालमा अभियान चलाइएको आरोप छ । कप्तान लियोनल मेसीसँगको विवाद पछि बार्तामेउसँगै अन्य केही पदाधिकारीले राजिनामा दिएका थिए ।

यसैबीच बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै ‘बार्तामेउ पक्राउ’ प्रकरणमा अनुसन्धानमा प्रहरीलाई पूर्ण रुपमा साथ दिने बताएको छ। अनुसन्धानका लागि प्रहरी र अदालत सक्षम निष्पक्ष भएर सहयोग गर्न तयार रहेको बार्सिलोनाले जनाएकेछ।

के हो बार्सागेट प्रकरण ?

गतवर्ष बार्सिलोना फुटबल क्लबले क्लबका चर्चित पात्रहरुलाई आलोचना गर्न सामाजिक संजाल कम्पनीलाई पैसा तिरेको विषय सार्वजनिक भएको थियो। ती कम्पनीले तीन वर्षसम्म सामाजिक संजालमा लियोनल मेस्सी, पेप ग्वार्डिओला, जाभी हर्नान्डेज, जिरार्ड पिकेविरुद्ध सामाजिक संजालमा अफवाह फैल्याएको बताइएको थियो।

बार्तामेउ प्रमुख रहँदा उनको कार्य सम्पादनको आलोचना गर्ने जति सबैलाई सामाजिक संजालमा आलोचना गर्ने गरिन्थ्यो। यही विषयलाई बार्सागेट स्क्यान्डल भनिएको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.