बायर्न र बार्सिलोना तथा लेपजिग र सिटीबीचको खेल विनादर्शन हुने

Read Time:2 Minute

च्यासम्पियन्स लिगअन्तर्गत डिसेम्बर ८मा हुने जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब बार्सिलोनाबीचको बन्द रंगशालामा हुने भएको छ । जर्मनीमा कोरोना संक्रमण बढेपछि बायर्न र बार्सिलोनाबीचको समूह इको अन्तिम खेल बन्द रंगशालामा हुने भएको हो।

बायर्नको घरेलु मैदान एलियन्ज एरिनामा हुने सो खेल विना दर्शक आयोजना गर्ने निर्णय जर्मन सरकारले गरेको छ। कोरोना संक्रमण दर उच्च भएपछि खेल बन्द रंगशालामा गर्न माग हुन थालेपनि सरकारले सो निर्णय गरेको हो।

बायर्नले गत अक्टोबरमा आफ्नो रंगशालामा पूर्ण दर्शक क्षमता दर्शक राख्ने अनुमति पाएको थियो। तर, बढ्दो संक्रमणदरले ७५ हजार दर्शक क्षमतामा रहेको रंगशालामा २५ प्रतिशत कटौती गरिएको थियो।

यो खेल बार्सिलोनालाई समूह चरण पार गर्न निर्णायक खेल हो। नकआउट चरण पुग्न उसलाई निश्चित जित चाहिएको छ। बायर्नसँग पराजित भए वा बराबरीमा रोकिए र अर्को खेलमा बेन्फिका विजयी भए बार्सिलोना समूह चरणबाटै बाहिरिनेछ। बायर्न लगातार पाँचौ जित निकाल्दै समूह ई बाट नकआउट चरण पुगिसकेको छ।

यसैगरी जर्मनीमै हुने च्याम्पियन्स लिगको अर्को खेल आरबी लाइपजिग र म्यानचेस्टर सिटीबीचको खेल पनि दर्शकविना नै हुने भएको छ। यो खेल डिफेम्बर ७मा लेइपजिगको मैदानमा हुनेछ। यो खेलअघि नै सिटी नआउट चरण पुगिसकेको र लेइपजिग बाहिरिसकेकाले खेलको खासै महत्व भने हुनेछैन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लुम्बिनी यू–१९ राष्ट्रिय क्रिकेटको फाइनलमा
Next post भिनिसियस भन्छन्- रियलमा इतिहास बनाउन चाहन्छु
Close